मिटरब्याज पीडितलाई सिडियो कास्कीले भन्यो– ‘भदौ ५ सम्म प्रमाणसहित उजुरी दिनुस्’
पाेखरा | साउन ३०, २०७९
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले मिटरब्याज पीडितहरूलाई उजुरी दर्ता गर्न सुचित गरेको छ ।
कार्यालयले सूचना जारी गर्दै मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध भदौ ५ गतेभित्र तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न पीडितहरूलाई जानकारी दिएको हो ।
‘कास्की जिल्लामा मिटरब्याजीहरुबाट पीडित व्यक्तिहरुले मिति २०७९ भदौ ५ गतेभित्र त्यस्ता मिटरब्याजीहले गरेको अपराध र शोषणको तथ्य एवं प्रमाण सहित जिल्ला प्रशासन कार्यालय कास्कीका वा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गराउनु हुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।’ सुचनामा भनिएको छ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

